सरकारले बोलायो सुरक्षा परिषद् बैठक

|

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन्। 

केहीदिनअघि न्याय माग्न काठमाडौं आएका उनीहरूले गृहमन्त्री लगायत विभिन्न अधिकारीहरूसँग भेट गरिसकेका छन्। ५४ दिनअघि बलात्कार पछि हत्या गरिएकी निर्मलाका दोषी पक्राउ पर्न नसकेको अवस्थामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेका हुन्। बालुवाटारमा हुने भेटमा निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराज पन्तले सोमबार बिहान मानव अधिकारवादीहरूसहित प्रधानमन्त्री ओलीलाई भेट्न लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहाकार चेतन अधिकारीले जानकारी दिए। 

यसैबीच, सरकारले देशभर भइरहेका घटनाहरूकोबारेमा छलफल गर्नका लागि सुरक्षा परिषद्को बैठक बोलाएको छ। पछिल्ला दिनमा देशभर बढेका महिला तथा बालबालिकामाथिको बलत्कार तथा हिंसाका घटना न्यूनीकरण र नजिकिदै गरेको चाडपर्वमा अप्रिय घटना हुन नदिन अपनाइने सुरक्षा सर्तकताका विषयमा छलफल गर्न बैठक बस्न लागेको स्रोतले बताएको छ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमनत्रीको सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.