|

कञ्चनपुर : प्रतिबन्धित भारतीय नोटसहित बेलौरी नगरपालिका– ८ पचुई खप्टे नालाबाट प्रहरीले आइतबार साँझ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय ५०० दरको दुई लाख रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखी अनुसन्धान भइरहेको ओझाले बताए। सिंह नक्कली नोटको कारोबारमा संलग्न रहँदै आएको प्रहरीको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.