|

काठमाडौं : चर्चित गायक कस्तुप पन्तको दशैं विशेष गीत ‘दशैंको जमरा’ सार्वजनिक भएको छ। चाडपर्वको मुखमा वैदेशिक रोजगारमा गएका युवाहरूको विवशता र बाध्यतालाई गीतामा उतारिएको छ।

पन्तको स्वर, लय र शब्दमा रहेको दशैं विशेष गीतमा लोकप्रिय गायिका शर्मिला गुरुङले साथ दिएकी छन्। सारथी म्युजिकबाट उक्त गीत बजारमा आएको छ। गीतमा पन्त र गुरुङसँगै नेपाली कांग्रेस पर्वतका नेता गंगाराज शर्मा र सिता भट्टाराईले अभियन गरेका छन्। त्यस्तै बाल कलाकार आश्चर्य पन्त र स्मृति सिलवाल समेत अभियन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.