|

काठमाडौं : 'सूर्य इन्टरनेशनल अवार्ड'को पहिलो संस्करण सम्पन्न भएको छ। संसारको सबैभन्दा महँगो शहर भनिने जापानको टोकियोमा उक्त अवार्ड सम्पन्न गरिएको हो। उक्त अवार्डमा सहभागी हुन धेरै कलाकारहरु जापान पुगेका थिए।  

यस अवार्डमा फिल्म उत्कृष्ट अभिनेताको अवार्ड 'म यस्तो गीत गाउँछु'बाट पल शाहले जित्न सफल रहे भने अभिनेत्रीतर्फ नायिका पूजा शर्मा उत्कृष्ट ठहरिइन्। दर्शकले दिएको भोटको आधारमा पल र पूजाले उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड चुमेका हुन्।

मास​ प​पुल​र​ अवार्डमा भने 'कृ'बाट अभिनेता अनमोल केसी र 'ए मेरो हजुर २'बाट अभिनेत्री साम्राज्ञी आरएल शाहले हात पारे। 

फिल्म म य स्तो गीत गाउँछु उत्कृष्ट फिल्म बन्दा यहीँ फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशकको उपाधी चुम्न सके।  'छक्का पञ्जा २' पपुलर फिल्म घोषित हुदाँ पपुलर निर्देशकको अवार्ड भने शत्रु गतेबाट प्र​दिप​ भ​ट्ट​राईलाई दिइयो। त्यस्तै, सह-अभिनेतातर्फ फिल्म 'ऐश्वर्य' बाट प्रशान्त ताम्राकार र सह-अभिनेत्रीतर्फ बर्षा राउतले 'छक्का पञ्जा २' बाट उत्कृष्ट बने।

बरिष्ठ हाँस्य​ अभिनेत्री ब​सुन्ध​रा भुषाल​लाई लाइफ​टाईम​ अचिभ​मेन्ट​ अवार्ड प्रदान गरिएको उक्त अवार्ड समारोहमा भुव​न​ केसीलाई सुर्य​ कलाकरिता सम्मान, सामिप्यराज तिमल्सिना 'सुर्य​ च​ल​चित्र​ प​त्र​कारिता' र श्रीधर पौडेल 'फोटो प​त्र​कारिता पुरस्कार' बाट पुरस्कृत र सम्मानित भएका थिए।

त्यस्तै संगीत तर्फका छ विधामा पपतर्फ गायक कमल खत्री र गायिका ईन्दिरा जोशी, लोकतर्फ गायक रामजी खाँड र गायिका सम्झना मगर, आधुनिक गायनतर्फ गायक राजेश पायल राई र गायिका मेलिना राईले अवार्ड चुम्न सफल भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.