स्क्रबटाइफस र भाइरल ज्वरोका बिरामी बढी

|

बाँके : भेरी अञ्‍चल अस्पतालका बिरामीले भरिएका छन्। बिरामीले एउटा पनि बेड खाली नभएको भेरी अञ्‍चल अस्पतालले जनाएको छ। भदौ महिनाको अन्त्यतिर अस्पतालमा २५ प्रतिशतले बिरामी बढेको अस्पतालका सूचना अधिकारी एवं पेट तथा कलेजो रोग विशेषज्ञ डा. संकेत रिसालले जानकारी दिए। ‘बिरामी बढेपछि बेड पुर्‍याउन मुस्किल परेको छ,’ उनले भने।

उनले हरेक वर्ष साउन र भदौ महिनामा भाइरल ज्वरोका बिरामी बढे पनि यस वर्ष बिरामीको चाप धेरै भएको बताए। ‘स्क्रब टाइफस र भाइरल ज्वरोका बिरामीले अस्पतालका बेड भरिएको छ,’ उनले भने।

उनले दैनिक दुईसय भाइरल ज्वरो र स्क्रव टाइफसका बिरामी उपचारका लागि आउने गरेको बताए। ‘उपचार गराएर जाने र आउने बराबर चलिरहेको छ,’ डा. रिसालले भने, ‘विरामी आउने नियमित प्रक्रियाभन्दा अहिले बिरामीको चाप बढेको छ।’

उनले स्क्रबटाइफस र भाइरल ज्वरोका बिरामी बढे पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए। वर्षाका कारण छिनभरमा वातावरण परिवर्तन हुने भएकोले हरेक वर्ष यो समयमा ज्वरोका बिरामी बढ्ने गरेको उनको भनाइ छ। ‘बिरामी बढे पनि आत्तिहाल्नुपर्ने अवस्था छैन,’ डा. रिसालले भने।

जनसंख्या बढे पनि भेरी अञ्‍चल अस्पतालमा बेड नथप्दा उपचारमा समस्या आएको उनले बताए। पहिलेकै जनसंख्यालाई मध्यनजर गरेर बेडको ब्यवस्था भएको बताउँदै उनले विरामी थपिए पनि बेड नथपिएको बताए। ‘पहिले दिनमा १०/१२ जना बिरामी आउथे अहिले दैनिक दुई सय बिरामी उपचारका लागि आउँछन्, बिरामीअनुसार बेड नथप्दा बिरामी राख्न समस्या भएको छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.