|

काठमाडौं : नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले संविधान संशोधन गरेर दुई प्रधानमन्त्री राख्ने व्यवस्था गर्न भन्दै सत्तारूढ दल नेपालक म्युनिस्ट पार्टीप्रति व्यंग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद शाहले नेपाल वायुसेवा निगममा दुई कार्यकारी राखेको प्रति आपत्ती जनाउँदै नेकपाप्रति व्यंग गरेका हुन्।

उनले वायु सेवा निगममा आइतबार सरकारले कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेकोप्रति व्यंग गरेका हुन्। निगममा कार्यकारी प्रमुखमा महाप्रबन्धक सुगतरत्न कंशाकार कार्यरत छन्। एउटै संस्थामा दुई कार्यकारी राख्ने नेकपाको बानी नै परेको भन्दै शाहले व्यंग गरेका हुन्।

नेकपामा दुई अध्यक्ष रहेका छन्। शाहले संसदमा दुई तिहाई रहेको दलले संविधान परिवर्तन गरेर प्रधानमन्त्री पनि दुई राख्न भन्दै नेकपाप्रति व्यंग गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.