|

काठमाडौं : मोबाइल फोनमा एस्योरेन्स, तथा प्रयोग कर्तामा इन्सुरेन्स हुने भएको छ। इजी एस्योरेन्स र अजोड इन्स्योरेन्स साेमबार यो सुविधा दिने गरी सम्झौता गरेका हुन्। इजी एस्योरेन्सको सेवा लिएका मोबाइल प्रयोगकर्ताहरू कुनै पनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा एक लाख रुपैयाँको दुर्घटना बीमा अन्तर्गत रकम दिने जनाइएको छ।

मोबाइल फोन एस्योरेन्स सेवाअन्तर्गत मोबाइल ग्राहकहरूले न्यूनतम एक हजार ५०० भन्दा माथिका मोबाइलहरूमा यो सेवा लिन सक्ने व्यवस्था गरेको छ। 
मोवाइल एस्योरेन्सअन्तर्गत प्रयोगकर्ताको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्तालाई क्षतिपूर्ति प्रदान गरिने उल्लेख गरिएको छ। 

न्यूनतम ४९ रुपैयाँ  तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स गर्न सकिने व्यवस्था गरिएको छ। सेवा उपयोग गर्न सकिने छ। एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको बजार मूल्य अनुसार फरक-फरक हुनेछ। इजी मोवाइल केयरका सेवा  सवै ठाउँबाट लिन सकिने जनाइएको छ। त्यस्तै मोबाइल खरिदकर्तालाई कम्पनीले दिने भन्दा थप मोबाइल तथा सफ्टवेयरमा १ वर्षको अतिरिक्त वारेन्टी दिने उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.