|

काठमाडौं : आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म 'बाँध मायाले'को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक दुई पोस्टरमा आर्यन र सृष्टि निकै रोमान्टिक रुपमा प्रस्तुत भएका छन्। उनीहरु एक अर्काको मायामा निकै समर्पित देखिन्छन्। 

टौवा क्रियशनका लागि शान थापा र विजय बस्यालले तयार गरेको उक्त पोष्टरमा यो जोडी निकै प्रेमिल देखिन्छ। सार्वजनिक पोस्टरबाट पनि 'बाँध मायाले' पूर्ण रुपमा लभ स्टोरी फिल्म हो भन्न सकिन्छ।

सविर श्रेष्ठ निर्देशित फिल्ममा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय रहेको छ।

असोज ५ गतेदेखि प्रदर्शनमा आउने यस फिल्ममा रामहरी धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेका हुन्। केदार धिताल कार्यकारी निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी फिल्मका सह-निर्माताका रुपमा रहेका छन्। अर्जुन पोखरेलको संगीत समावेश फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.