|

धनकुटा : ब्लडक्यान्सरबाट पीडित भएका धनकुटाको सहिदभुमी-२ का १६ वर्षीय सुनील विकलाई उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै सुनीलको परिवारले सहयोगको माग गरेको हो।

सुनील उनकी आमा ओमकुमारी शिवाले सुनिलका बुबा छत्रबहादुर विकसँग अन्तरजातीय विवाह गरेकी र विक परिवारले अन्तरजातीय विवाह गरेको भन्दै घरमा बस्न नदिएपछि भारतको मेघालय पुगेका थिए। मेधालयमा कोइलाखानीमा काम गरेर जीवनयापन गरिरहेका उनका बाबुको निधन भएको ओमकुमारीले बताइन्। त्यो बेला छोरा सुनिल पाँच महिनाको गर्भमा रहेको उनले बताइन्।  

त्यसपछि घर फर्केर जाँदा तल्लो जातको भनि घरमा पस्न नदिएपछि ८ वर्ष माइत बसेर सुनसरीको धरान झरेर अर्काको घरमा काम गरेर छोराको पालन पोषण गरिरहको उनले बताइन्। गत बैशाख २६ गतेबाट बिरामी भएको, जाँच गर्न जाँदा उनलाई धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाँदा ब्लडक्यान्सर भएको पत्ता लागेको र त्यहाँ उपचार हुन् नसकेपछि हाल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि हरिसिद्धी, ललितपुरमा उपचार भइरहेको परिवारजनले बताएका छन्। उपचारका लागि आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका छन्।

‘हालसम्म उपचारमा १६ लाख रुपैयाँ खर्च भएको छ र अहिले एक पैसा पनि छैन’, ओमकुमारीले भनिन्, ‘दुई दिनमा नियमित चेक गराउनुपर्छ र हरेक पटक १५ हजार रुपैयाँ लाग्छ, दुख जति मेरै निधारमा मात्रै लेखेको रहेछ।’

ब्लड क्यान्सर रोगबाट छटपटाई रहेका सुनिलले पनि आफूलाई बचाउन सबैलाई अनुरोध गरे। ‘आमालाई सुख दिने बेलामा यो अवस्था भएको छ’, ‘प्रविधीको विकाससँगै निको हुन्छ भन्ने लागेको छ सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।’ सहयोगी हातहरूले ओम कुमारी धामीको नाममा सिद्धार्थ बैंकको ललितपुर कुमारी पाटी शाखास्थित 01815267321 खाता नम्बरमा रकम जम्मा गरिदिन पनि उनले अनुरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.