|

धनगढी : कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बुढीतोलाबाट अत्तरियातर्फ आउँदै गरेको से १ त ८९२२ नम्बरको ट्याक्टर पल्टिँदा ट्रलीले च्यापिएर गोदावरी नगरपालिका २ टेघरीका २२ वर्षीय कविराज जोशीको मृत्यु गएको हो।

साेमबार ट्याक्टरकाे ट्रलीमा बसेका जोशीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.