|

हेटौँडा : प्रदेश ३ को प्रदेशसभा बैठकमा सोमबार तीन विधेयक प्रस्तुत भएको छ। साेमबार बैठकमा प्रदेश कार्य संचालन कोषको व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेका हुन्।

 त्यस्तै प्रदेश संस्था दर्ता सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक र प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक प्रदेश मामिला समितिको सभापति रामेश्वर फुँयालले समितिको प्रतिवेदनसहित प्रस्तुत गरेका थिए।

बैठकमा प्रस्तुत भएको प्रदेश कार्य संचालन कोषको व्यवस्था गर्न बनेको विधयेकमाथि सैद्वान्तिक छलफल समेत भएको छ। छलफलमा प्रदेशसभा सदस्यहरू रीना गुरुङ, रीता माझी र केशव पाण्डेले अाअाफ्नाे धारणा राखेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.