यस्तो छ पक्राउ पर्दै छुट्दै गरेका प्रकाण्डको नालिवेली

|

उदयपुरः सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वका प्रवक्ता खड्बहादुर विश्वकर्मालाई बन्दी प्रत्यक्षीकरण मुद्दाका सन्दर्भमा अदालतमा उपस्थित गराउँन सरकारका नाममा आदेश जारी गरेको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले विश्वकर्मालाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। 

प्रकाण्डका भाई वीरेन्द्र विकले सर्वोच्च अदालतमा रिहाईको माग गर्दै गएको आइतबार हिजो दर्ता गरेको रिटको आज सोमबार फैसला गर्दै कारण देखाउ र बन्दीलाई उपस्थिति गराउन आदेश दिएको हो। भाइ वीरेन्द्रले पटक-पटक सर्वोच्चले छाड्न आदेश दिँदा पनि प्रहरीले नछाडेपछि गैरकानुनी थुनामा राखेको भन्दै रिट दर्ता गराएका थिए। सोही रिट बमाेजिम पुन: कारण देखाउ आदेश सर्वोच्चले जारी गरेको आफ्नाे वेवसाइटमार्फत जानकारी दिएको छ। यता उदयपुर जिल्ला अदालतले आइतबार मात्र ६ दिन थुनामा राखी अनुसन्धान गर्न फैसाला दिएको थियो।

यस्तो थियो वीरेन्द्रको रिट

प्रकाण्डलाई सर्वोच्च आदालतले छाड्ने आदेशको अटेर गरेको भन्दै प्रकाण्डका भाइ वीरेन्द्र विकले गैरन्यायिक हिरासतमा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन्। जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र डीएसपी काजीकुमार आचार्य, महानगरीय प्रहरी परिसर टेकु, उदयपुर जिल्ला अदालत, उदयपुर प्रहरी कार्यालय र प्रहरी प्रमुखलाई विपक्षी बनाइएको थियो।

सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेती अहिले पनि कारण देखाउ आदेश जारी गरेको जानकारी दिए। उदयपुर अदालतले प्रकाण्डलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको थियो। सर्वोच्च अदालतको आदेशमा गएकै शुक्रबार रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले तत्कालै पक्राउ गरी उदयपुर ल्याइएको थियो। त्रियुगा नगरपालिका-१३ हवाई मैदानमा भएको बम विस्फोटनमा संलग्न रहेको, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विद्युतीय धराप पड्काएको आरोपमा उनलाई पक्राउ पूर्जी जारी गरिएको थियो। 

किन दौडाइयो देशव्यापी प्रकाण्डलाई

गएकाे साउन २३ गते काठमाडौंबाट पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिदैँ आएको छ। सर्वोच्चले रिहा गरे लगतै पक्राउ पर्ने प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङ पर्‍याएर काठमाडाैं लगरे भदौ ३१ गते उदयपुर ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्ला अदालत उदयपुरबाट हिजो आइतबार ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश लिएर आएको थियो।

उदयपुर प्रहरी प्रमुख चन्द्रदेव राईले भने,‘हामी हाम्रो काम गरिरहेका छौं, सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थाहा छैन। बन्दी उपस्थिति हुने भनेर फैसाला आएको पनि थाहा छैन।’ प्रकाण्डलाई सर्वोच्च अदालतले भदौ ४ मा पहिलो पटक, भदौ ७ गते दोस्राे पटक, भदौ १८ गते तेस्राे पटक र चौथो पटक २९ गते रिहाई गरेको थियो, भने पाँचौ पटक सोमबार कारण देखाउ र उपस्थिति हुन आदेश दिएको हो। सर्वोच्चले रिहाईको आदेश लगतै प्रहरीले अदालत हाताबाटै प्रकाण्डलाई प्रक्राउ गरी विभिन्न अभियोगमा विभिन्न जिल्ला अदालतमा मुद्दा दर्ता गराउँदै आएको छ। 

प्रकाण्डमाथि प्रहरीको आरोप 

गएको २०७४ सालमा भएको निर्वाचनमा भएका मुख्य घटनाका अभियुक्त प्रहरीले प्रकाण्डलाई बनाएको छ। नेत्रविक्रम चन्द विप्लव  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्माण गर्दै गरेको सैन्य संरचना पनि निस्तेज पर्ने योजना प्रहरीको छ। विपल्व समूहले स्थानीय तह र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन विथोल्न देशव्यापी रुपमा हिंसात्मक गतिविभि गर्‍यौं। तिनै हिंसात्मक घटनाको अभियुक्त अहिले प्रहरीले प्रकाण्डलाई बनाउँदै लगेको छ।

पक्राउ पर्दा चन्दा संकलनका आरोप लागेका प्रकाण्ड स्रोतका अनुसार प्रहरी भोजपुरमा, उदयपुर, दाङ, काभ्रे, नुवाकोट र काठमाडौं एकरएक र कालिकोटमा  चोरी डाँका, विष्फोटक पदार्थ, बम काण्ड, चन्दा असुलीको अरोप लगाइएको छ। विपल्व समुहले दीर्घकालीन जनयुद्धको बाटोमा अघि बढेर चन्द संकलन गर्ने, सैन्य अभ्यास समेत गर्ने गरेको प्रहरीको दावी छ। त्यसैले गर्दा प्रकाण्डलाई पुन पक्राउ गर्ने तयारी बसेको प्रहरी स्रोतको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.