|

भद्रपुर, (झापा) : प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिलासहित चार जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ निवासी २० वर्षीय रुपा ताजपुरिया, अर्जुनधारा नगरपालिका ५ निवासी २१ वर्षीय विशाल अधिकारी, बिर्तामोड नगरपालिका १० निवासी २४ वर्षीय सोमबहादुर राई र भारत दार्जिलिङका २४ वर्षीय खगेन भन्ने खोकन बर्मा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार प्रहरीले उनीहरुको साथबाट १४ ग्राम ब्राउन सुगर, लागुऔषध तौल गर्ने डिजिटल तराजु र दुई थान मोबाइल सेट बरामद गरेको छ।

‘लागुऔषध कारोबार हुने गरेको बिशेष सूचना पाएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो, प्रहरी नायव उपरीक्षक कोइरालाले भने,‘२९ भदौ शुक्रबार साँझ ब्राउन सुगर तौल गरी प्लास्टिकमा पोका बनाउँदै गरेको अवस्थामा प्रहरीले तीनलाई पक्राउ गरेको थियो।’ पक्राउ परेकामध्ये राईले दिएको बयानको आधारमा बर्मालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सहयोगमा पक्राउ गरिएको उनले बताए।

बर्मासँग उनीहरुले भारतको पानीट्यांकी बजारबाट ब्राउन सुगर खरिद गरी नेपाल ल्याएर बिक्री वितरण गर्दै आइरहेको उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.