|

मानेभञ्ज्याङ:  मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपमा आजको खेलमा आयोजक र मुनाल एफसी सोनाडा भारत विजयी भएको छ। प्रतियोगिताअन्तर्गत पहिलो खेलामा आयोजक मानेभञ्ज्याङ फुटबल क्लबले भिभा स्पाेटिङ क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको छ।

आयोजको जितमा कप्तान एलिक सुव्वा, रिपत राई, लाक्पा तेन्जी भुटिया र दाबा भुटियाले गोल गरे भने भिभाका कप्तान आशिस लिम्बूले सान्तवना गोल फर्काए।
खेलको म्यान अफ दि म्याच आयोजकका गोलरक्षक रमेश तामाङ घोषित भए। त्यसैगरी दोस्राे खेलमा मुनाल एफसीले रंगबुल एफसीलाई टाइवेकरमा ५-४ गोल अन्तरले हराउँदै प्रि-क्वार्टरफाइनल प्रवेश गरेको छ।

निर्धारित ७० मिनेट र थपिएको अतिरिक्त समयमा दुबै टिमबाट गोल नभएपछि निर्णय ट्राइवेकरबाट लिइएको हो। खेलको म्यान अफ दि म्याच मुनालका अकिव घोषित भए। प्रतियोगिताअन्तर्गत भोलि  एसएससी सिमलबारी र फिक्कल एफसी भिडदैछन्। आजको खेलमा बिजयी भएको आयोजकले असोज ७ गते (२३ सेप्टेम्बर) मा विराटनगर-११ सँग प्रतिस्पर्धा गर्दैछ भने मुनालले चर्च व्वाइज काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ।

असोज १६ गते हुने फाइनल खेलको बिजयी टिमले नेपाली तीन लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख ६० हजार प्राप्त गर्नेछ। सेमिफाइनलसम्म पुग्ने २ टिमले जनही ४० हजार रुपैयाँ प्राप्त गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.