|

रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ। रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो।

पार्टीको तीन महीने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई पक्राउ गरेको बताइएको छ। कार्यक्रममा सो पार्टीका अन्य नेता कार्यकर्ताको समेत उपस्थिति रहेपनि सुवेदी मात्रै पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ।

सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेका छन्। प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासतमा बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन्।

उनी सत्तारुढ दल नेकपाका नेता झक्कुप्रसाद सुवेदीका छोरा हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.