|

काठमाडौं : प्रधानमन्त्रीलाई भेट्न निर्मलाका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो। 

नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन्। तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो। बालुवाारमा भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा एनपी साउदलगायत थिए। बैठकको सुरुवात गदै भीम रावलले आमा र बाबुमध्ये एकजनाले मात्र बोल्न पाउने सर्त राखेका थिए। त्यसैले आमा दुर्गादेवीले आफ्नो भनाइ राखिन्। 

त्यसपछि विभिन्न नेताले बोलेको खबर नयाँ पत्रिका दैनिकमा खबर छ। त्यस्तै संघर्ष समितिकी संयोजक मीना भण्डारीले आफूहरुले पनि बोल्न पाउनु पर्ने माग राखेकी थिइन्।उनलाई बोल्ने समय दिइयो। भण्डारीले आफ्नो भनाइका क्रममा भीम रावलको अभिव्यक्तिले जनता आक्रोशीत भएको बताउनासाथ रावलले रोके। त्यसपछि उनलाई सुरक्षाकर्मीले बाहिर निकाले त्यसपछि बालुवाटारमा वातावरण उत्तेजित बन्यो। दुवैपक्षबिच भनाभन भएपछि रावलले हस्तक्षेप गरेर दुवै पक्षलाई रोके। स्थिति शान्त बनाउँदै प्रधानमन्त्रीले बोल्न थाले।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.