|
फाइल फोटो

काठमाडौं :  भारतमा जारी १९ वर्ष मुनीको एकदिवसीय क्रिकेटमा नेपालले मंगलबार अफगानिस्तानसँग प्रतिष्पर्धा गर्दैछ। खेल विहान सवा ९ बजेबाट लखनउस्थित इकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।

चार टोली सम्मिलित प्रतियोगिताको सुरुवाती दुई खेलमा भारतको ए र बी टोलीसँग पराजित भएका नेपाल र अफगानिस्तानको युवा टोली तेस्रो स्थानका लागि भिड्न लागेका हुन् ।

टेष्ट टोलीको मान्यता पाएका भारत र अफगानिस्तानको युवा टोली सम्मिलित प्रतियोगितामा नेपालका लागि तेस्रो स्थानको सफलता पनि महत्वपूर्ण हुनेछ । यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको भारतको ए र बी टोली पनि आजै उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.