|

अमेरिकाले दुईसय अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ।

यसले चीन र अमेरिकाको व्यापार युद्ध झन चर्कने छ। करिब पांच हजार चिनिया समानमा कर लगाइने अमेरिकाले जनाएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो।

चीनमा उत्पादित हाते झोला, कपडालगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ कर नीतिको चीनले प्रतिकार गरे त्यसलाई अझ बढाएर २० प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन्। पछिल्लो कर अहिले सम्म अमेरिकाले चिनियाँ सामानमा लगाएको कर मध्ये सबै भन्दा धेरै हो।

राष्ट्रपति ट्रम्पले नयाँ करले अमेरिकाको कोषमा धेरै पैसा ल्याउने बताएका छन्। उनले त्यसका अतिरिक्त थप दुई सय साठी अर्ब डलर बराबरका चिनियाँ आयातमा कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले देशको अर्थतन्त्र जोगाउने काम आफ्नो काँधमा आएको बताएका छन्। पछिल्लो घोषणा सँगै करिब दुई सय पचास अर्ब डलर बराबरका चिनियाँ समानमा अमेरिकी कर लाग्ने भएको छ। सअघि अमेरिकी करको बदलामा चीनले ५० अर्ब डलर बराबरको अमेरिकी सामानमा कर लगाइदिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.