|

युरोपियन क्लब फुटबलमा सर्वाधिक ठुलो प्रतियोगिताका रुपमा रहेको च्याम्पियन्स लिग फुटबल म‌ंगलबारबाट हुँदै छ। च्याम्पियन्स लिगमा मंगलबार चार समूहको आठ खेलहरु हुँदैछन्। समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले पिएसभीसँग प्रतिस्पर्धा गर्दैछ। समुह बीमा रहेको बार्सिलोनाले घरेलु मैदानमा पिएसभीविरुद्ध समूह चरणको पहिलो खेल खेल्नेछ।

बार्सिलोना र पिएसभीबीचको खेल मंगलबार राति १०:४० मा सरु हुनेछ । पिएसभीविरुद्ध मैदान उत्रदा बार्सिलोना सुरुवातमानै जित निकाल्ने ध्याउनमा हुने छ। समूह बी अन्तर्गतकै अर्को खेलमा इटालियन क्लब इन्टर मिलान र इन्ग्लिश क्लब टोटेनहमले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल पनि सोहि समयमा हुने छ।

यस्तै समूह सीमा रहेका इन्ग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा फ्रान्सको पेरीस सेन्ट जर्मेन (पिएसजी) सँग खेल्दैछ । साबिकको उपविजेता लिभरपुल घरेलु मैदानमा बलियो टोली पिएसजीलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछ। समूह ए अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्डले क्लब ब्रुगको सामना गर्नेछ। यसै समूहको अर्को खेलमा फ्रान्सेली क्लब मोनाको र स्पेनिस क्लब एट्लेटिको मड्रिडले प्रतिस्पर्धा गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.