|

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन उत्तर कोरिया पुगेका छन्। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङउनसँगको शिखर वार्तामा सहभागी हुनका लागि राष्ट्रपति मुन उत्तर कोरिया पुगेका हुन्। मुन जाए इन दम्पतीलाई उत्तर कोरियाका सर्वोच्च नेता किमको दम्पतीले स्वागत गरेको थियो।

दुई नेताहरूबीच कोरियन प्रायद्वीपमा परमाणु निशस्त्रिकरणमा छलफल गर्ने कार्यक्रम रहेको छ। यो वर्षको सुरुवातदेखि नै उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग लगातार उच्चस्तरीय छलफल गरिरहेको छ।

पछिल्लो समय अमेरिकासँगको वार्तामा केही बाधा आएको बेला दक्षिण कोरियाका राष्ट्रपति उत्तर कोरिया पुगेका हुन्। दक्षिण कोरियाका राष्ट्रपतिले पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच समन्वयात्मक भूमिका खेलिरहेका छन्।

श्रीमति किम जङ सुकसँग उत्तर कोरियाको राजधानी प्योङयाङमा मंगलबार बिहानै पुग्दा उनको स्वागतमा सयौँ उत्तर कोरियाली जनताले स्वागतमा उभिएका थिए भने सेनाले सलामी दिएको थियो।

किम जोङ उन र किम जाए मुनको यो तेस्रो छलफल हो। उनीहरू सुरुमा शिखर सम्मेलनका क्रममा यसै वर्ष भेट भएको थियो।

दुवै नेताबीच परमाणु निशस्त्रिकरणलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुने बताइएको छ। तर, उनीहरूले भने के बारेमा छलफल गर्न लागेका हुन् भन्ने सार्वजनिक गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.