|

लहान : सिरहा प्रहरीले जिल्लाको सीमावर्ती क्षेत्रसहित विभिन्न ठाउँबाट भदौमा चोरी पैठारी गरी भित्र्याइएका करिब ४० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

चेकजाँचको क्रममा कपडा, किराना, कस्मेटिक सामान, मादक पदार्थ तथा सवारी साधनसहित ३९ लाख ९७ हजार १८७ रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए।

यो अवधिमा चोरी पैठारी र तस्करीका सामानसहित छ जनालाई पक्राउ पनि गरिएको प्रहरीले बताएको छ। प्रहरीले प्रक्राउ परेकाहरुको नाम भने खुलाएको छैन।

प्रहरीले भदौमा गाँजासहित १२ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ। एक महिनाको अवधिमा आठ बोतल डाइलेक्स डि.सि., १९ चक्की नाइट्रोसन ट्याब्लेट, ४०  ट्याब्लेट स्पास्मो प्रोक्सिभन र गाँजा समेत बरामद गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.