|

काठमाडौंः सरकारले कालीमाटी  र बालाजु तरकारी तथा फलफूल बजारका थप ५१ स्टललाई खारेज गरेको छ। तोकिएको मापदण्डभन्दा बाहिर गएर स्टल चलाएको भन्दै सरकारले कारबाही स्वरुप खारेज गरेको हो। अघिल्लो हप्ता पनि सरकारले ६ वटा स्टल खारेज गरेको थियो। २५ वटालाई वटालाई भने सफाई दिइएको छ।

खारेजीमा पर्नेमा थोक बजारबाट १६ वटा, सहकारी तथा कृषक समूहबाट दुई वटा, माछा बजारबाट एउटा, खुद्रबजारबाट १४ वटा रहेका छन्। त्यस्तै बालाजु बजारबाट आठ वटा गरी ५७ वटा स्टल खारेज गरिएको हो। १६ वटा स्टलमा भने शुक्ष्म अनुगमन गरी थप विवरण हर्ने जनाइएको छ।

केही हप्ता अघि सरकारले तरकारी बजारको निरीक्षण गरेर ९८ वटा स्टललाई रेड कार्ड दिएको थियो। सरकारले रेड जोनमा परेका सबै स्टलका सञ्चालकलाई स्पष्टिकरण सोधेको थियो। चित्तबुझ्दो स्पष्टिकरण नदिने स्टलहरु खारेजीमा परेका हुन्। न्युनतम मुल्यमा भाडामा लिएर अरुलाई अधिकतम मुल्यमा फेरि भाडामा लगाएको आरोप लगाउँदै अधिकांश स्टललाई सरकारले कारबाही गरेको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.