|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आउँदो शनिबार अमेरिका जाने भएका छन्। 

प्रधानमन्त्री निकट स्रोतका अनुसार ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन अमेरिका जान लागेका हुन्। भ्रमणको बाँकी कार्यतालिका सार्वजनिक भएको छैन।

उनी कतिदिन अमेरिका बस्छन् र कुन कुन कार्यक्रममा सहभागी हुने भन्ने सार्वजनिक नगरिएपनि प्रधानमन्त्रीका रूपमा पहिलोपटक अमेरिका जान लागेका उनको राजनीतिक भेटघाट पनि हुने बताइएको छ। 

प्रधानमन्त्री ओलीले महासभामा भाग लिन आएका विदेशी राष्ट्रप्रमुखहरूसँग पनि दुईपक्षीय भेट गर्ने कार्यतालिका तय हुन लागेको प्रधामन्त्री निकट स्रोतले बतायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.