|

बैतडी : रामलीला सञ्चालन गरेर बैतडीको एक विद्यालय प्राविधिक शिक्षाको पढाई सुरु गरेको छ। दशरथचन्द नगरपालिका १ गुरुखोलास्थित मणिलेक माविले रामलीला सञ्चालन गरी ३ वर्षे डिप्लोमा आइएससी एजी बाली विज्ञानको पढाई सुरु गरेको हो। ग्रामीण क्षेत्रका बालबालिकाको प्राविधिक शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले बालीविज्ञानको पढाई सुरु गर्न गरिएको विद्यालयले जनाएको छ। 

प्राविधिक शिक्षालय स्थापनाका लागी भन्दै विद्यालयले गत असोज १५ गतेदेखि विद्यालय प्राङगणमा  महारुद्र रामलीला महोत्सवको आयोजना गरेको थियो। उक्त रामलीला महोत्सववाट १८ लाख रुपैयाँ संकलन भएको मणिलेक माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा दशरथचन्द नगरपालिका १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए। 

'गरिब,आर्थिक अवस्था कमजोर तथा जिल्ला बाहिर गएर जान नसक्ने विद्यार्थीको सहजताको लागी जिल्लामै प्राविधिक शिक्षा सुरु गरेका हौं। उनले भने,'जिल्लामै न्यूनतम शुल्कमा पढाई सञ्चालनमा ल्याएका छौं।' प्राविधिक शिक्षा सञ्चालन गर्न विद्यालयसँग आर्थिक स्रोत नहुँदा रामलीला महोत्सवको आयोजना गरी आर्थिक संकलन गरिएको उनले भने। 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीइभीटीको सम्बन्धनमा यसै वर्षदेखि बाली बिज्ञान विषयको पढाई सुरु भएको विद्यालयका प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए। चालु शैक्षिक सत्रमा ४० जना विद्यार्थीको कोटा रहेको छ उनले भने, 'पछिल्लो समय  ग्रामीण क्षेत्रमा पनि प्राविधिक शिक्षाको आकर्षण बढेको छ।'

यसवर्ष सीटीइभीटीले दिएको सम्बन्धनमा मणिलेक मावि प्रदेश ७ को पहिलो नम्बरमा रहेको थियो भने बैतडीकै पहिलो छनाेटमा रहेको थियो। गाउँमै प्राविधिक शिक्षा सञ्चालनमा आएपछि आफूहरूलाई निकै सजिलो भएको स्थानीय अभिभावक गंगादत्त भट्टले बताए। गाउँकै विद्यालयमा प्राविधिक शिक्षा पठन-पाठन गर्न पाउने कुराले निकै खुसी भएका छन्। उनले भने, 'जिल्लाका धेरै विद्यालयमा अहिले प्राविधिक शिक्षाको पठनपाठन भइरहेकाले ग्रामीण क्षेत्रका विद्यार्थीको प्राविधिक शिक्षामा पहुँच बढेको छ।' यसैबीच मणिलेक मावि गुरुखोलामा प्राविधिक शिक्षा सञ्चालनका लागी दशरथचन्द नगरपालिका १ ले १५ लाख अनुदान सहयोग गरेको छ। 

विद्यालयमा राखिएका निजी स्रोतमा राखिएका ३ जना शिक्षकको तलब तथा अन्य प्रयोगात्मक क्रियाकलायको लागी उक्त रकम सहयोग गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.