|
फाइत फोटो

जनकपुरधाम : स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले असोज ३ गतेलाई कालो दिनको रूपमा मनाउन थालेपछि प्रहरीले पक्राउ गर्न खोजी अभियान तीव्र पारेको छ। संविधान दिवस नै ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रमको घोषणा गरेका डा. सिके राउतलाई धनुषा प्रहरीले पक्राउ गर्न खोजी अभियान थालेको हो।

सरकारले संविधान दिवस मनाइरहेको समयमा मधेशका जनतामाथि बर्बरतापूर्वक दमन, निहत्था जनताको हत्या गरी जारी संविधान दिवसलाई कालो दिनको रूपमा मनाउँदै शहीदप्रति श्रद्धाञ्जलि दिन तथा आफ्नो अभिव्यक्ति दिन जनकपुरधाममा ‘चलु जनकपुर, भरु जनकपुर’ विरोध सभामा डा. सिके राउत सहभागी हुने कार्यक्रम छ। सोही कार्यक्रममा जसरी पनि डा.सिके राउत सहभागी हुने दाबी गरिएपछि धनुषा प्रहरीले राउतलाई खोजी गरिरहेको श्रोतको भनाइ छ। राउतलाई खोजी गने अभियानको क्रममा प्रहरीले विभिन्न होटेल तथा लजमा सर्च अभियान जारी राखेको छ।

खोजतलासकै क्रममा धनुषा प्रहरीले मगलबार जनकपुरधामबाटै डा. राउतका राइट ह्याण्ड मानिने सत्यनारायण मण्डललाई उनको घरबाटै पक्राउ गरेको छ। प्रहरीको टोलीले दिउँसो मण्डललाई जनकपुरधाम उप-महानगरपालिका ८ स्थित बलबाटोल प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मीले मण्डललाई आफ्नै घरबाट पक्राउ गरेको हो।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संदिग्ध व्यक्तिहरूको खोजी कार्य भइरहेको स्वीकार गरे। उनले देशको राष्ट्रियतामा खलल पुर्‍याउने व्यक्ति तथा समूह भेटिए पक्राउ गर्न आदेश दिइएको बताए। तर यस बारेमा धनुषाका प्रहरी नायव निरीक्षक दीपेन्द्र शाहीले खुल्न चाहेनन्। उनले आफूलाई त्यस्तो कुनै जानकारी नआएको बताए। यता प्रहरीले खोजी अभियान सुरु गरेपछि डा.राउत सम्पर्कविहीन भएको एक कार्यकर्ता बताए। राउतका कार्यकर्ताले असोज ३ गते बुधबार गाउँ गाउँबाट समर्थक तथा सर्वसाधारणलाई ल्याएर जनकपुर भर्ने तयारी गरेको छ।

‘चलु जनकपुर भरु जनकपुर’ को नारा तीव्र पारेर जनकपुरमा बुधवार राउतले शक्ति प्रदर्शन गर्ने तयारी गरेका हुन्। यसअघि राउतले जनकपुरकै एक कार्यक्रममा सहभागि हुन मिति तथा समय तय गरेको समयमा उनलाई प्रहरीले घरमै नजरबन्द गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.