|

काठमाडौं : असोज ५ गते तथा यहि शुक्रबारदेखि रिलिज हुन लागेको लभस्टोरी फिल्म 'बाँध मायाले' युनिटले आफ्ना दर्शकका लागि एउटा नयाँ अफर ल्याएको छ। सार्वजनिक प्रेस रिलिज अनुसार ’खल्ती डिजिटल वालेट’ प्रयोग गरी अनलाईन मार्फत यो फिल्मको टिकट खरिद गर्दा सबै दर्शककले १५ प्रतिशत 'क्यास व्याक' पाउँने छन्। यो अफर हलमा फिल्म जति दिन चल्छ त्यतिनै दिनसम्म कायम गरिएको प्रेस रिलिजमा उल्लेख छ।

पछिल्लो समय युवा पुस्तामाझ निकै प्रयोगमा रहेको खल्ती डिजिटल एप मार्फत दर्शकले आफ्नो उपयुक्त समय र सिट रोजेर फिल्मको टिकट बुक गर्न र उक्त टिकटको पैसा तिर्न सकिन्छ। टिकटको पैसा तिरेको केहि क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउँने जनाइएको छ।

सविर श्रेष्ठ निर्देशित फिल्ममा आर्यन अधिकारी, सृष्टि  श्रेष्ठ, नव नायक किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय रहेको छ। रामहरी धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेको फिल्ममा केदार धिताल कार्यकारी निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी फिल्मका सह-निर्माताका रुपमा रहेका छन्। अर्जुन पोखरेलको संगीत समावेश फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.