|

रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षामन्त्रालयले मंगलबार जनाएको छ। उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको दाबी छ।

रूसले विमान आक्रमणमा इजरायली हात रहेको बताइएको छ। सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकूसँग भएको दोहोरो झडपका क्रममा विमानमा लागेपछि जमिनमा खसेको र चालक दलका सदस्यसहित सबैजनाको मृत्यु भएको रूसी रक्षामन्त्रालयले पुष्टि गरेको छ।

रूसी सेनाले दिएको जानकारी अनुसार सोमबार राति आफ्नो जासुसी विमान आइएल–२० लाई रूसी हवाई अखडामा फर्किरहेका वेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर टाढा आक्रमण गरिएको हो।

इजरायली चालकले रूसी विमानलाई ढालका रूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रूसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल आइगोर कोनासेनकोभद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

रूसी रक्षामन्त्री सर्गेइ सोइगुले आफ्ना इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मंगलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको बताए। तर इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रूसी दावीको खण्डन गरेका छन्।

रूसले विमानको भग्नावशेष र केही मृत शरीरलाई समुद्रबाट बाहिर ल्याइसकिएको बताएको छ। केही यात्रुको मृत शरीरलाई उद्धार कार्य जारी रहेको पनि रूसी अधिकारीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.