|

काठमाडौं : असोज १२ गतेबाट रिलिज हुने फिल्म ‘कथा काठमाडौं’ले सेन्सर पास गरेको छ। सोमबार विकास बोर्ड अन्तर्गतको सेन्सरले फिल्म हेरी उक्त फिल्मलाई पीजी सर्टिफिकेट दिएको हो। पीजी सर्टिफिकेट पाएसँगै यो फिल्म १६ वर्ष मुनीको बालबालिकाले अभिभावकको निगरानीम हेर्न पाउने छन्।

ट्रेलर र गीतका कारण निकै विवादित बनेको यस फिल्मको ट्रेलर अश्लिल भएको भन्दै चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले ट्रेलर हटाउन पत्राचार गरेकी थिइन्। तर अहिले फिल्मले एडल्ट सर्टिफिकेट नपाएर पीजी सर्टिफिकेट पाएको छ।

सञ्चारकर्मीसमेत रहेकी संगीता श्रेष्ठले निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको पनि मुख्य भूमिका रहेको छ। विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन्। लुज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.