|

विराटनगर : सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा उच्चअदालत विराटनगरले निलम्बित एसपी विकासराज खनाललाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। उच्च अदालतको २ नम्बर इजलासका न्यायाधीश द्वय नगेन्द्रलाभ कर्ण र  थीरबहादुर कार्कीले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेश उल्टाउँदै साधारण तारेकखमा छोड्न आदेश दिएका हुन्। 

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिँदा साधारण तारिकमा राखी मुद्दाको कारबाही अगाडि बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारयण रेग्मीले जानकारी दिए। मुलुकी ऐन अदालती बन्दाेवस्तीको ४७ नम्बर बमोजिम साधारण तारिकमा छोड्न खनाललाई आदेश दिएको उनले बताए। खनालले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारिकमा छोड्न माग राख्दै असार ७ गते अदालती बन्दाेवस्तको १७ नम्बर गरेका थिए। खानाल पक्राउ पर्नुअघि मकवानपुर प्रहरी प्रमुख रहेका थिए।

माघ ७ गते युएइबाट आएको ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनीहरू पक्राउ परेका थिए। यस प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई वयानका लागि बोलाएको थियो। उनलाई वयानपछि पक्राउ पूर्जी थमाइएको थियो। 

यस अघि निलम्बित एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलाई समेत उच्च अदालतले साधरण तारेखमा छोडन आदेश दिएको थियो। सुनकाण्डमा पछिल्लो समय उच्च अदालतमा चढेको पेशीको सुनवाइ हुँदै प्रहरी अधिकारीहरू धमाधम साधारण तारेखमा छुट्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.