|

काठमाडौं :  सरकारले करिव ७ वर्षदेखि चिनियाँ कम्पनीले अड्काएर राखेकाे पश्चिम सेती जलविद्युत अायाेजना नयाँ ढाँचाबाट बनाउने निर्णय गरेकाे छ।

प्रधानमन्त्री अध्यक्ष रहेकाे लगानी बाेर्डकाे मंगलबारकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे।याेसँगै थ्री गर्जेसँगकाे सम्झाैता ताेडिएकाे छ। सम्वन्धित कम्पनीले अनइच्छा देखाएकाे कारण नयाँ ढाचाबाट निर्ण गर्न थालिएकाे बाेर्डकाे सिइअाे महाप्रसाद अधिकारीले बताए।

परियाेजना कसरी अघि बढाउने भन्ने सन्दर्भमा चीनकाे ऊर्जा, अर्थ र उद्योग मन्त्री सम्मिलती उच्च स्तरिय समिति बनाउने निर्णय भएकाे छ। समितिको सचिवालय लगानी बोर्डको कार्यालय नै हुनेछ। 

त्यस्तै बैठकले जापान क्लब इन्टरनेशनलले होटल निर्माणको  लागि गरेको प्रस्ताव स्वीकृत गरेको छ। जापान क्लब इन्टरनेशनलले काठमाडौं, भक्तपुर र पोखरामा होटल निर्माण गर्ने प्रस्ताव गरेको छ। १३ अर्ब ९० करोडको लगानीमा तीनवटा होटल बनाउने गरी प्रस्ताव गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.