|

मानेभञ्ज्याङ (नेपाल) : नेपाल-भारत सिमानाको मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपमा मंगलबारको खेलमा फिक्कल एफसी नेपाल विजयी भएको छ।

फिक्कलले सिमलबारी एफसी भारतलाई ३-१ गोल अन्तरले हराउँदै प्रि-क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फिक्कलको जितमा रोयल लेप्चाले २ गोल गरे भने १ गोल उपहार पाएको थियो।

सिमलबारीका गोलरक्षक सन्दिप राउतले आफनै गोल पोष्टमा उपहार दिएका थिए। खेलको म्यान अफ दि म्याच फिक्कलका विकास बुढाथोकी घोषित भए। त्यसैगरी बुधवार आक्रमन एफसी गान्तोक र युनाइटेड ब्रदर कालेम्पोङबीच प्रतिस्पर्धा हुँदैछ। 

प्रतियोगितामा नेपाल र भारतका २२ क्लबको सहभागिता रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.