|

बारा : बाराको सिम्रौनगढ नगरपालिका-४ गंगानगरमा मंगलबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने पोखरीमा डुवेका अर्का एक बालकलाई अचेत अवस्थामा उद्दार गरिएको छ। 

स्थानीय ललनप्रसाद यादवको माछा पोखरीमा नुहाउन गएका स्थानीय उमेशप्रसाद यादवकी ८ वर्षीया छोरी पुनम यादवको पोखरीमा डुबेर मृत्यु भएको हो। पोखरीमा डुबेर बेपता भएकी बालिकाको शव साँझ ५ बजे निकालिएको प्रहरीले जनाएको छ।

गर्मी छल्न गाँउको पोखरीमा नुहाउने क्रममा घाइते भएका सिम्रौनगढका बैजु प्रसाद यादवको ९ वर्षीय छोरा खेसारी यादवको जिवितै उद्दार गरिएको छ। अचेत अवस्थामा भेटिएका बालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए। 

घाइते बालकलाई उपचारका लागि वीरगंज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.