|
Representative Photo

काठमाडौं : सरकारले अागामी मार्चमा लगानी सम्मेलन गर्ने भएकाे छ। मंगलबार बसेकाे लगानी बाेर्डकाे बैठकले अागामी मार्चमा लगानी सम्मेलनको मिति तय गरेकाे हाे।

'समृद्ध नेपाल, सुखी नेपाली' नारा लिएको सरकारले लगानी विस्तारकाे लागि अन्तर्राष्ट्रियस्तरकाे सम्मेलनकाे तयारी गरेकाे हाे। नयाँ संविधानकाे कार्यन्वयन, तीन तहका सरकारले काम थालेको अवस्थामा सरकारले लगानीकर्ताकाे ध्यान खिच्न खाेजेकाे हाे। त्यस्तै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायतमा लगानीलाई प्रभाव पार्ने ऐनका विषयमा पनि जानकारी गराउन थालिएकाे छ।

यसअघि तत्कालीन उद्याेगमन्त्री नवीन्द्रराज जाेशीले नेपालमा लगानी सम्मेलन गरेका थिए। उक्त लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँ बराबरकाे वैदेशिक लगानीकाे प्रतिवद्धता अाएकाे थियाे।

तत्कालीन समयमा सरकारले सुधार गर्ने भनेका नीति नियम अझै सुधार गर्न नसकेकाे अवस्थामा पुनः लगानी सम्मेलनकाे तयारी भएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.