|

कमजोर प्रतिद्वन्द्वीका रूपमा हेरिएको हङकङले भारतलाई कडा चुनौती दिएको छ। यद्यपि भारत २६ रनको जित निकाल्न भने सफल भयो। पहिलो ब्याटिङ गरेको भारतले दिएको २८६ रनको लक्ष्य पछ्याएको हङकङले पूरै ५० ओभर खेल्दै अाठ विकेट गुमाएर २५९ रन बनाएको थियो। टेष्ट राष्ट्र भारतविरुद्ध हङकङको प्रदर्शन लोभलाग्दो रह्यो। हारसँगै हङकङ प्रतियोगिताबाट बाहिरियो।

हङकङका लागि निजाकत खानले ९२ तथा अन्सुमन रथले ७३ रनको योगदान दिए पनि एेतिहासिक जित निकाल्न भने असफल रहे। भारतविरुद्ध विस्फोटक ब्याटिङ गरेका दुवैले पहिलो विकेटका लागि १७४ रनको साझेदारी गरेका थिए। खानले ४५ बलमा अर्धशतक बनाएका थिए भने रथले अर्धशतक बनाउन ५७ बल खेलेका थिए। तर, खान र रथ आउट भएपछि हङकङका अन्य ब्याट्सम्यान उत्कृष्ट साझेदारी गर्न चुक्दा सम्भावित जितबाट भने हङकङ चुकेको थियो। उसका लागि थप स्कोरका रूपमा इशान खानले २२ रन जोड्दा बाबर हायतले १८ रन जोडे । भारतका खालिल अहमेद र युजभेन्द्र चाहलले ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २८५ रन जोडेको थियो । भारतका लागि शिखर धवनले १२७ रनको शतकीय इनिङ खेलेका थिए। त्यस्तै अम्बाती रायडुले ६० रनको योगदान दिए। हङकङका किनचित साहले ३ तथा इशान खानले दुई विकेट लिए।

जितसँगै समूह 'ए' को भारतले महत्त्वपूर्ण दुई अंक जोडेको छ। भारतले एसिया कपको सुपर चारमा स्थान पक्का गरेको छ। लगातार दुई खेल गुमाएको हङकङ भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा हङकङ पाकिस्तानसँग पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.