|

बुटवल : प्रदेश पाँचको राजधानी बुटवलमा संविधान दिवसको अवसरमा प्रभातफेरि गरिएको छ। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय दरबार मार्गबाट शुरु भएको प्रभातफेरिले बुटवल नगर परिक्रमा गरेको थियो।  प्रभातफेरिमा प्रदेश पाँचका प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, सांसदहरु, सरकारी उच्च पदस्त कर्मचारी, नेपाली सेना, शसस्त्र प्रहरी, प्रहरी तथा बुटवल उपमहानगरसहितका विभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका थिए। प्रभातफेरि पश्चात बुटवल बहुमुखी क्याम्पसमा भएको विशेष समारोहमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संम्बोधन गरे। 

उनले अधिकारमुखी राजनीतिको दुस्चक्रबाट बाहिर आएर विकास र समृद्धिको जनआकांक्षालाई सम्बोधन गर्नतर्फ लाग्नुपर्ने बताए। उनले संविधानले सोहीबाटोतर्फ अघि बढ्न निर्देश गरेको भन्दै राष्ट्रिय एकता र अखण्डता कायम गर्दै अघि बढ्ने प्रण गरे। 

संविधान दिवसका अवसरमा प्रदेश सरकारले तीन दिने विविध कार्यक्रम राखेको छ। दिवसको अवसरमा मंगलबार साझ बुटवलमा दीप प्रज्वलन गरिएको थियो। प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु झिलिमिली बत्तीहरुले सजाएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.