डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवकको मृत फेला परेका छन्। मंगलबार अमरगढी नगरपालिका–७ पारामेडिकल कलेज पोखरानजिक रहेको खोलामा वडा नं. ६ का अन्दाजी २०/२१ वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। शव पोष्ट मार्टमका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।