|

काठमाडौं : गायक नीराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको आधुनिक गीत 'विस्तारै विस्तारै' सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा प्रमोद कोइरालाको शब्द तथा संगीत सुन्न सकिन्छ।

सागर थापा र स्वाती श्रेष्ठको अभिनय रहेको भिडियोले बालापानदेखि नै हुने प्रेमलाई देखाएको छ। बाल्यकालमा टाढिएको प्रेम किशोरावस्थामा पुन: प्राप्त हुनु नै भिडियोको मुख्य कथा रहेको छ। गीतले प्रेमी-प्रेमीका एकापसमा गहिरो प्रेममा रहेको भान दिन्छ।

गणेश शाहीको निर्देशनमा तयार भएको भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन रहेको छ। भिडियोमा प्रविन राईले ड्रेन चलाएका छन्। नीरा कँडेल, जानकी देवी कँडेल र जोफ्रे मिरेन्जी निर्माता रहेको भिडियोमा बाल कलाकारका रूपमा शाश्वत र अनुश्रेया छन् भने राजेश बिसुराल र स्विक्षा राज बिसुरालको पनि अभिनय रहेको छ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.