|

काठमाडौंः प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्याग र साहसको अनुशरण गरिनुपर्नेमा जोड दिइएको छ। 

नेता सिंहको २१ औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल काठमाडौँले आज यहाँ आयोजना गरेको ‘नेपालको प्रजातन्त्र र आर्थिक विकास’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिबाट फाइदा लिने चाहना राख्नेले अहिल्यै छोडेर अन्य पेशा व्यवसायमा आबद्ध हुन अनुरोध गरे।

“सेवा गर्ने भावना भएकाले राजनीतिमा लाग्ने हो, गणेशमान सिंहले राजनीतिमा लाग्दा उहाँलाई नपुग्ने केही थिएन, देश र जनताको सेवा गरौँ भन्ने भावनाले लाग्दा सक्रिय राजनीतिक जीवनको आधा समय जेल र प्रवासमा बिताउनुभयो”, पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले भने।

कार्यक्रममा काँग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँ, पूर्वसांसद दीपकप्रसाद कुइँकेल, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई र महासचिव भुपेन्द्रजङ्ग शाही, प्रदेशसभा सदस्यद्वय जीवन डङ्गोल र छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, दलका काठमाडौँ अध्यक्ष कृष्णजी खड्काले नेता सिंहको प्रजातन्त्र पुनःस्थापनापछि आर्थिक विकासमा ध्यान दिनुपर्ने विचारलाई पार्टीले बेवास्ता गर्दा काँग्रेस अहिलेको अवस्थामा पुगेको धारणा राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.