|
प्रतीकात्मक फोटो

इलाम : माई नगरपालिका–६ का ४० वर्षीय जितेन राई मलेसियामा सुतेकै अवस्थामा मृत फेला परेका छन्।

मलेसियाको सेरेवाङमा रहेको नोङसिङ मार्केटिङ नामको फर्निचर कम्पनीमा कार्यरत राई मंगलबार बेलुका खाना खाएर सुतेका थिए। बिहान ९ बजेतिर काम गर्ने समयमा नउठेपछि साथीहरूले उठाउन खोज्दा ओच्छयानमै मृत फेला परेको मलेसियाबाट बुद्धराज योङहाङले जानकारी दिए।

मृतक राईको लाश पोष्टमार्टको लागी अस्पतालतर्फ लगिएको छ। मृतक राईको दाजु अनिल राई पनि सोही कम्पनीमा कार्यरत रहेका छन्। उनको मृत्युको कारण खुल्न नसकेको योङहाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.