|

काठमाडौं : आफ्नै विद्यार्थीलाई सामाजिक सञ्चाल ‘फेसबुक’बाट अश्लिल सन्देश (म्यासेज) पठाएको आरोपमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का एकजना वैज्ञानिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशु आहार महाशाखा खुमलटार ललितपुरमा कार्यरत मुख्य वैज्ञानिक डा. मेघराज तिवारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहले जानकारी दिए।

उनका अनुसार डा तिवारीले कलंकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा बिएससी बढ्दै गरेकी छात्रालाई आपत्तिजनक म्यासेज पठाएका थिए। उनले सोही कलेजमा अध्यापनसमेत गराउँदै आएका थिए। छात्राले आफूलाई आपत्तिजनक म्यासेज पठाएको भन्ने उजुरीका आधारमा डा. तिवारी केही दिनअघि नै पक्राउ गरिएको एसएसपी सिंहले बताए। उनका अनुसार डा तिवारीमाथि साइबर अपराध मुद्दामा अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.