|

काठमाडौं :  सरकारले १५ उद्याेगित तथा व्यवसायीलाई राष्ट्रिय पदकबाट विभूषित गर्ने घाेषणा गरेकाे छ। सरकारले संविधान दिवसको अवसर पारेर आर्थिक, व्यवसायिक तथा सहकारीसँग सम्बन्धित व्यक्तिहरूलाई उक्त मानपदवीबाट विभूषित गर्ने घोषणा गरेको हो।

नेपाल उद्याेग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, प्रभु बैंकका सिइअाे अशाेक शेरचन, सहकारी अगुवा केशव बडाललगायत १५ जना व्यवसायी तथा उद्योगी विभिन्न राष्ट्रिय पदकबाट विभूषित हुने भएका हुन्।

कसलाई कुन पदक 

सुप्रवल जनसेवा श्री तृतीय:

  • सहकारी अगुवा केशव बडाल  
  • उद्याेगी हरिभक्त शर्मा 
  • हेमराज ढकाल 
  • देवीप्रकाश भट्टचन 
  • मीनबहादुर गुरुङ 
  • लोकमान्य गोल्छा 
  • राजेन्द्र मल्ल

  
प्रवल जनसेवा श्री चतुर्थ

  • अशाेक शेरचन
  • अभिषेकविक्रम शाह
  • मीना ढकाल
  • निरु पुलामी
  • अमरमान शाक्य
  • अमरमान जोशी
  • दीपककुमार कर्मचार्य 
  • यादवप्रसाद पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.