|

ओखलढुंगा : ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विभिन्न कार्यक्रम गरेर ओखलढुंगा सदरमुकाममा संविधान दिवस मनाइएको छ। जिल्लामा चौथो संविधान दिवस वृहत बाजागाजा सहितको जुलुससहित मनाइएको हो। दिवसका अवसरमा निकालिएको जुलुस जिल्ला समन्वय समिति ओखलढुंगाको सभाहलमा पुगी सभामा परिणत भएको थियो।

जिल्ला सदरमुकाम रहेका सगरमाथा जनता मावि, जाल्पा मावि लालीगुँरास इङलिस स्कुल लगायतका विद्यालयका एकहजारबढी विद्यार्थी, शिक्षक, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय सरकारका प्रमुख, तीनवटै सुरक्षा निकाय, अधिकारकर्मी, नगरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। र्‍यालीमा सरकारी दिवसका दिन विद्यार्थीहरु प्रयोग गरीएको भन्दै कतिपयले आलोचनासमेत गर्न भ्याएका थिए।

उच्च अदालत विराटनगरको अस्थाई इजालस ओखलढुंगाका प्रमुख न्यायाधीश विदुर विक्रम थापाको प्रमुख आतिथ्यतामा भएको सभामा थापाले संविधान अपरिवर्तित दस्तावेज नभएको, यो समयअनुसार र सबैका मुद्दा समेट्ने बनाउन सकिन्छ यसकारण संविधान सबैले स्वीकार्नु अनिवार्य रहेको बताउँदै यो समययअनुसार संशोधन अनिवार्य भएको बताएका छन्।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले संविधान हामी सबैको साझा दस्ताबेज भएको हुँदा यसमा अमान्य कुराहरुलाई पुनः परिवर्तनका लागि सबैले जोड दिनु पर्ने बताएका छन्। जिल्ला सदरमुकामको नेपाल खाद्य संस्थानको गोदामबाट सुरु भएको र्‍याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.