|

काठमाडौं : यस वर्षको बहुप्रतिक्षित फिल्म 'छक्का पञ्जा ३'को पोष्टर रिलिज भएको छ। बुधबार निर्माण युनिटले सामाजिक सञ्जालमार्फत फिल्मको पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य पाँच कलाकारलाई फिचर गरिएको छ। जहाँ दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल र वुद्धि तामाङ आ-आफ्नो भूमिकामा प्रस्तुत छन्।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको 'छक्का पञ्जा ३'मा दीपकराज, जितु, केदार, वुद्धि, दीपिकासँगै निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला लगायतको अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्कीको पनि केमियो रहनेछ।

दसौंको फूलपातीमा रिलिज हुने फिल्ममा दीपकराज गिरी कथा रहेको छ। दीपक, जीतु, केदार र यामन श्रेष्ठको संवाद समावेश फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत सुन्न सकिन्छ। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.