|

कञ्चनपुर : कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा बगेर ३० वर्षीया महिलाको बुधबार मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बगेर मृत्यु हुनेमा भीमदत्तनगरपालिका १३ बडैपुरका कलावती रोकाया छन्।

नयाँ पुल बन्दै गरेको ठाउँबाट नुहाउने क्रममा बगेका रोकायाको शव झण्डै एक किलो मिटर टाढा झोलुङ्गे पुल नजिकको क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए। बगेर मृत्यु भएका रोकायाको शव पोष्टर्माटममा लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको छ। मृतका श्रीमान विदेशमा रहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.