|

जनकपुरधाम : डा. सिके राउत नेतृत्व स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरूले जनकपुरमा कडा सुरक्षाका बीच प्रदर्शन गरेका छन्। संविधान दिवसको अवसरमा कालो दिन मनाउने पूर्व निर्धारित ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रमअन्तर्गत बुधबार जनकपुरमा सिके राउतका कार्यकताहरूले प्रदर्शन गरेका हुन्।

गठबन्धनका कार्यकर्ताहरूले प्रदेशसभा २ भवनको मूलद्वारमा समेत ‘फ्रि’ मधेशको झण्डा गाडेका छन्। जनकपुरमा गठबन्धनले ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान कार्यक्रम गर्ने भनिए पनि प्रहरीले त्यहाँ ताला लगाएर प्रहरीको उपस्थिति बढाएपछि उनीहरूले सयौँको संख्यामा जनकपुरको विभिन्न चोकमा ‘फ्रि मधेश’ नारा लगाउँदै र्‍याली निकाल्दै नगरको विभिन्न भागमा परिक्रमा गर्दै प्रदर्शन गरेको छ।

जनकपुरको रामानन्दचोकबाट निस्केको गठबन्धको र्‍याली जानकी चोक, जनकचोक, राम चोक, मुरली चोक भ्रमरपूरा चोक हुँदै पुनः रामानन्द चोकमा गएर सिके राउतको सम्बोधनपछि कोणसभामा परिणत भएको थियो।

सिके राउतको पूर्व निर्धारित कार्यक्रमलाई असफल बनाउन प्रहरीले बिहानैदेखि जनकपुरको सुरक्षा व्यवस्था कडा गर्नुको साथै दुई सय जनालाई पक्राउ गरे पनि उनीहरूको बजारमा बाक्लो उपस्थिति रहेको थियो। प्रहरीले डा. सिके राउत र उनका कार्यकर्तालाई खोज्दै र समात्ने अभियान चलाए पनि राउतलाई भेटाउन सकेनन्। तर डा. राउते जनकपुरको रामानन्दचोकमा बाक्लो प्रहरीका समक्ष झण्डै दुई हजार कार्यकर्ता माझ कोणसभालाई सम्बोधन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.