|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले लगाएका अवैज्ञानिक कर फिर्ता गर्न सरकारसँग माग गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले स्थानीय प्रदेश तथा संघीय सरकारले लगाएका अस्वभाविक कर हटाउन माग गरेको हो।

राप्रपाले दोहोरो/तेहोरो हुने गरी लगाएको करले न्यून आय भएका सर्व–साधारणको जीवन–यापन कष्टकर बन्दै गएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कमल थापाले जनतालाई कष्ट दिने अव्यवहरिक र अवैज्ञानिक कर तत्काल खारेज गर्न माग गरेका छन्।

पत्रकार सम्मेलनमा केन्द्रीय समितिको बैठकले देशमा पछिल्लो समय बढेको हत्या हिंसा बलात्कारविरुद्ध र नागरिक सुरक्षाका लागि सरकार कमजोर भएको निष्कर्ष निकालेको अध्यक्ष थापाले बताए। राप्रपाले कञ्चनपुर घटनामा सरकार नक्कली अपराधी खडा गर्ने, घटनाको प्रमाण नष्ट गर्ने कार्यमा राज्यको संयन्त्र प्रयोग भएको आरोप लगाएको छ। अध्यक्ष थापाले सरकार आफैं घटनाको ढाकछोप गर्ने कार्यमा लागेको हो कि भन्दै  निर्मला पन्तको हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न र परिवारलाई न्याय दिन माग गरे।

राप्रपाको केन्द्रीय समितिको बैठकले समान विचार धारा रहेका राजनीतिक दलहरूसँग सहकार्य एकता वार्ता गर्ने सम्पूर्ण जिम्मा पार्टी अध्यक्ष थापालाई दिएको छ। यस्तै बैठकले हिन्दु राष्ट्र पुनस्थापना जागरण अभियानलाई प्रदेश १ र गण्डकी प्रदेशबाहेक बाँकी सबै स्थानीय तहमा पुर्‍याउने निर्णय पनि गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.