|

बाँके : अवैध रूपमा नेपाल भित्रिँदै गरेको ठूलो परिमाणको भारतीय कुखुरासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालयले बुधवार बिहान नेपालगन्ज उपमहानगरपालिका–१३, परसपुरबाट पाँच क्विन्टल बोइलर कुखुरासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

अवैध रूपमा साइकलमा राखेर भारतबाट ल्याउँदै गर्दा वडा प्रहरी कार्यालयको टोलीले दुई सय पाँचवटा प्रतिबन्धित कुखुरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कुखुरासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाइएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए।

बरामद गरिएका कुखुराको बजार मूल्य एक लाख १० हजार रहेको डाँगीले बताए। भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध भए पनि पछिल्लो समय भारतबाट अवैध रूपमा कुखुरा ल्याउने क्रम बढेको छ। नेपालको तुलनमा भारतमा बोइलर कुखुरा सस्तो पर्ने भएकोले बिक्रीका लागि अवैध रूपमा नेपाल भित्र्याउने दलाल सक्रिय भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.