|

जनकपुरधाम : संघीय सरकारबाट प्रदेश सरकारलाई संविधान दिवस भव्यताका साथ मनाउन सकुर्लर गरिएको बेलामा प्रदेश २ का एक मन्त्रीले संविधानको विरोध गर्दै सडकमा उत्रेका छन्। प्रदेश २ सरकारका समाजिक विकास मन्त्री नवल किशोर साह र जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झा संविधानको विरोध गर्दै सडकमा ओलिएका हुन्। तीनै जना राष्ट्रिय जनता पार्टी नेपालका नेता हुन्।

तीन वर्षअघि संविधानसभाबाट आएको संविधानले मधेशी जनताको हक अधिकारबाट बञ्चित गरेको भन्दै राजपा नेपालले विरोध गर्दै जनकपुरधाममा प्रदर्शन गरेको हो। प्रदेश २ को सत्तारुढ दलसमेत रहेको राजपा नेपाल विरोध कार्यक्रम गरिरहदा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल भने मौन देखिएको थियो।

प्रदेश २ सरकारले संविधान दिवसको दिन वृक्षारोपन कार्यक्रम गरी मनाइरहँदा सो कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीसहित कुनै मन्त्रीहरूको सहभागिता देखिएन्। मन्त्रालयका कर्मचारीहरूले भने, वृक्षारोपण गर्दै संविधान दिवस मनाएका थिए। यता राजपा नेपालका आह्वानमा साझ ७ बजे देखि ७:१५ सम्म बिजुली बत्ती निभाएर 'ब्ल्यक आउट' गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.