|

कालिकोट : सत्ता पक्ष र प्रतिपक्षले फरकफरक मञ्चमा संविधान दिवस मनाएका छन्। प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले बरियता क्रम नमिलेको भन्दै छुट्टै संविधान दिवस मनाएका हुन्।

सत्तापक्ष दलहरूले पुरानो जिविस सभा हलमा संविधान दिवस मनाएका थिए भने प्रतिपक्ष दलहरूले नरहरीनाथ चोकमा संविधान दिवस मनाएका थिए। सत्ता पक्षको संविधान दिवसमा पूर्वसांसद, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र स्थानीय तहका प्रमुख अन्य सदस्य, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो।

सत्तापक्षले मनाएको संविधान दिवसको अवसरका बोल्दै मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले विरोधका नाममा संविधान कै विरोध गर्न थालेको भन्दै प्रतिपक्षप्रति आक्रोश पोखेका थिए। ‘सत्ता पक्षको विरोधका नाममा अहिले प्रतिपक्षहरूले संविधान कै विरोध गर्न थालेका छन्’ उनले भने, ‘संविधान भनेको सबैले मानेको विषय हो।’

एकलौटी गरेको प्रतिपक्षको आरोप

सत्ता पक्षले संविधान दिवस एकलौटी रूपमा गर्न लागेकोले आफूहरूले नरहरीनाथ चौकमा संविधान दिवस मनाएको प्रतिपक्ष दलका नेताहरूको आरोप रहेको छ।

संविधान दिवस हामी सबैले मानेको विषय भएपनि प्रतिपक्षलाई बाहिर राखेर संविधान दिवस मनाएका कारणले विरोध गरिएको नेपाल कांग्रेस कालिकोटका सह–सचिव दमनबहादुर शाहीले बताए। ‘संविधानलाई हामी सबैले स्वीकार गरेका छौँ’ उनले भने, ‘यस्तो दिवसमा सत्ता पक्षले एकलौटी गर्न लागेकाले हामीले विरोध गरेका हौँ।’

संविधान दिवस सबैले स्वीकार गरेको भए पनि अहिलेको सरकारले एकलौटी रूपमा संविधान दिवस लगायतका दिवस मनाउन थालेकाले विरोध गरेको राप्रपा नेपालका कन्द्रीय सदस्य नन्दबहादुर शाहीले बताए। ‘संविधान हामी सबैले स्वीकार गरेका छौँ’ उनले भने, ‘तर सत्ता पक्षले प्रतिपक्षलाई कुनै जानकारी नै नगरी मनाउन लागेकाले हामीले छुट्टै मनाउन लागेका हौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.