संविधानको विरोध लोकतन्त्रको गहना हो!

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्।

भदौ ३१ गते चीनको नाम्किनमा आयोजना भएको अन्तर्राष्ट्रिय शान्ति दिवसमा सम्बोधन गर्न गएका अध्यक्ष प्रचण्ड बुधबार राति साढे ९ बजे स्वदेश फिर्ता भएका हुन्।

अध्यक्ष प्रचण्डले चीन भ्रमणका क्रममा चीनमा उपराष्ट्रपति, विभिन्न मन्त्रीहरू र चिनियाँ कम्युनिस्ट पार्टीका शिर्ष नेताहरूसँग भेट गरेका थिए। उक्त भेट एकल र दुईपक्षीय भएका थिए।

प्रचण्डले जुन उद्येश्य लिएर चीन गएको उक्त उद्येश्य पूरा भएको बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई भ्रमणबारे जानकारी दिँदै चीन भ्रमण सफल भएको बताएका थिए। उनले चीन भ्रमणका क्रममा नेपाल र चीन दुई देशबीचको सम्बन्ध सुमधुर भएको पाएको बताए। उनले नेपाल र चीन दुवै देशमा राजनीतिक स्थायित्व भएको र दुवै देश समृद्धिको यात्रामा गएको बताए।

अध्यक्ष प्रचण्डले दुई देशबीच भएका पछिल्ला सम्झौता र सहमतीहरूलाई समयवद्ध ढंगले कार्यान्वयन गर्ने विषयमा छलफल भएका बताए। केही दिन पहिले चीनसँग भएको ट्रेड र ट्रान्जिट सम्झौताको कार्यान्वयनबारे पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्षका हैसियतमा विस्तारपूर्वक छलफल भएको बताए। चीनले नेपाललाई चार ओटा बन्दरगाह प्रयोग गर्न दिने भएको छ।

अध्यक्ष प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटको कार्यतालिका नै नभएकाले नभेटेको बताएका थिए। उनको बेइजिङ जाने कार्यतालिका नै थिएन।

संविधानको विरोध लोकतन्त्रको गहना हो!

संविधान दिवसका दिन स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले नेपालको संविधान निर्माणका बेलामा नै केही विवाद भएको कुरा स्मरण गरे। उनले अब त्यो विरोधको औचित्य नभएको बताए।

संविधान अनुसार नै तीन तहको निर्वाचन भइसकेकाले र विरोध गर्ने दलहरू निर्वाचन मार्फत संसदमा आइसकेकाले अब विरोध गरिरहन आवश्यक नरहेको उनको भनाइ थियो। सरकार गठन भएको र सबै विकास र समृद्धिको यात्रामा लागेको बताए।

प्रचण्डले केही विरोध भइरहेको र त्यसलाई लोकतन्त्रको गहनाको रूपमा बुझ्नुपर्ने बताए। उनले अलिकति आलोचना भएन भने लोकतन्त्र नरहने बताए।

प्रचण्डलाई स्वागत गर्न नेकपाका महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरू रामबहादुर थापा बादल र चक्रपाणि खनाल लगायत नेता कार्यकर्ता विमानस्थल पुगेका थिए।

हेर्नुहोस् भिडियोः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.